रणवीर र दिपिकाको विवाहमा मोबाइलको पनि प्रयोग गर्न नपाइने



२९ कार्तिक २०७५, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडका निकै चर्चित जोडि हुन् । करिब ४ बर्षपछिको प्रेमपश्चात यी दुई वैवाहिक जीवनमा बाधिँदै छन् । केहिदिन अघि विवाहका लागि इटाली पुगेका रणवीर र दिपिकाले इटालीमा विवाहमा दुई दिन लगाएर विवाह गरिरहेका छन् ।

निकै कम पाहुनालाई निम्तो गरिएको रणवीर र दिपिकाको विवाहमा कुनै पनि मिडियालाई फोटो खिच्नको लागि बोलाइएको छैन । त्यतिमात्र नभएर रणवीर र दिपिकाको विवाहमा आएका पाहुनाले पनि फोटो खिच्नको लागि मोबाइलको प्रयोग गर्न नपाइने बताइएको छ ।

त्यसैकारण पनि सामाजिक सञ्जालमा रणवीर र दिपिकाको मेहेन्दी, संगीत केहिको पनि तस्बिर भेटिएको छैन । विवाहपछि रणवीर र दिपिकाले मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टि दिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्