२९ कार्तिक २०७५, काठमाडौँ
निरुता सिंह नेपालकी निकै चर्चित नायिका हुन् । पहिले पहिले निरुता भनेपछि यसैपनि चलचित्रहरु हिट हुने गर्थे । पछि निरुता नेपाली चलचित्रबाट टाढा भएकी थिइन् । केहिसमय नेपाल आएर उनले विकास आचार्यको नाई नभन्नु ल ५ चलचित्रमा केमियो भूमिकामा काम गरेकी थिइन् । तर उनको कमब्याकलाई दर्शकले निकै रुचाएका छन् । उनी फेरि आफ्नो बुबा बिरामी भएका कारण मुम्बई गएकी थिइन् ।
आज नायिका निरुता सिंह काठमाडौँ प्रस्थान गरेकी छिन् । उनी चलचित्र दाल, भात, तरकारी का लागि नेपाल आएकी हुन् । उनले आफ्नो बुवा विरामी भएकै कारण प्रदिप र जसिता स्टारर चलचित्र लब स्टेशन छोडेकी थिइन् । तर अब निरुताले लगातार नेपाली चलचित्रमा काम गर्ने बताएकी छिन् ।
उनी चलचित्र दाल, भात, तरकारी गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँछिन् । सानैदेखि मह जोडिको निकै ठूलो फ्यान भएको र आफूलाई उहाँहरुसँग काम गर्न निकै रहर भएकाले दाल, भात, तरकारी गर्न आफू निकै उत्साहित रहेको निरुताले बताएकी छिन् । बुवा बिरामी हुँदा निरुता केहि दुब्लाएकी पनि छिन् ।