रानीलाई आफ्नी बुहारी बनाउन चाहन्थे अमिताभ



२९ कार्तिक २०७५, काठमाडौँ

अमिताभ बच्चन बलिउडका निकै सिनियर र चर्चित अभिनेता हुन् । उनी बलिउडमा आएको निकै बर्ष भैसकेको छ । उनी मात्र नभएर उनका छोरा अभिषेक बच्चन पनि बलिउडमा सुपरस्टार हुन् । उनकी श्रीमती र बुहारी पनि बलिउडका नाम चलेका नायिका हुन् ।

अमिताभ बच्चन नायिका रानी मुुखर्जी आफूलाई लत्यन्तै राम्रो लाग्ने बताउँछन् । रानीसँग धेरै चलचित्रमा सँगै काम गरिसकेकाले अमिताभ आफूलाई रानीको बानी व्यवहार पनि निकै राम्रोसँग थाहा भएको बताउँछन् । उनले आफ्ना छोरा अभिषेकका लागि रानीलाई बुहारीको रुपमा खोजेका थिए । उनले रानीलाई आफ्नो छोरासँग विवाहको लागि प्रस्ताव पनि राखेका थिए तर अमिताभकी श्रीमती जयाले रानीलाई अस्वीकार गरिन् । उनले रानीको अभिषेकसँग हाइट नमिल्ने भएकाले जोडि नसुहाउने बताउँदै रानीलाई अस्वीकार गरेकी थिइन् ।

यसैकारण अमिताभ र जयाबीच केहिसमय मनमुटाव पनि भएको थियो । पछि अभिषेक र ऐश्वर्या एकअर्कालाई माया गर्न थाले र अभिषेकको विवाह ऐश्वर्यासँगै भयो । हाल ऐश्वर्या र अभिषेककी एउटी छोरी पनि छिन् ।

 

प्रतिक्रिया दिनुहोस्