३० कार्तिक २०७५, काठमाडौँ
बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले भर्खरै विवाह गरेका छन् । निकै गोप्य तरिकाले गरिएको विवाहको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । दिपिका र रणवीर दुवैले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा अफोड गरेका छन् ।
अहिले सबैको आखाँ फोटोमा भन्दापनि उनीहरुले लगाएको लुगा र गरगहनामा गएको छ । विशेषगरी दिपिकाको ड्रेसअप र गरगहनालाई दर्शकले अत्यन्तै रुचाइदिएका छन् । दिपिकाको हातमा लगाइएको औँठीले सबैलाई चकित बनाइदिएको छ । दिपिकाको इन्गेजमेन्ट रिङ भारु २ करोड बढी भएको बताइएको छ । उनको औँठी हेर्दा निकै आकर्षक र हिराले भरिएको छ । रणवीरको पनि औँठी निकै आकर्षक देखिएको छ ।
दिपिका र रणवीरको विवाह सम्पन्न भए लगत्तै उनीहरुलाई बधाई दिनेहरुको ओइरो नै लागेको छ । उनीहरुले केहिसमयपछि मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टि दिने पनि बताएका छन् । निकै भव्य तरिकाले दिपिका र रणवीरले आफ्नो विवाह सम्पन्न गरेका छन् ।,