०३ मङ्सिर २०७५, दार्चुला
दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ ।
आर्थिक वर्ष २०६५र२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ ।
अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ।
त्यस्तै २०६८ सालदेखि नेपाल सरकारको सडक विभागले चाँडै सक्नेगरी निर्माण थालेको बझाङ सदरमुकाम चैनपुरदेखि उरै भन्ज्याङ नाका ताक्लाकोट सम्मको एक सय १७ किलोमिटर सडक खण्ड पनि सुस्तै छ ।
२०६८ अघि ड्रिलिपले सदरमुकाम चैनपुरदेखि रुपातोलासम्मको १८ किलोमिटर ट्र्याक खोलिसके पनि त्यसपछि जिम्मा लिएको सडक विभागले आठ वर्षमा रुपातोलादेखि क्रिकिट्टेसम्म १२ किलोमिटर मात्रै ट्र्याक खोलेको छ।
ड्रिलिपले हात झिकेपछि सडक विभागले जिम्मा लिएको सात वर्ष भइसकेको छ ।
यस अवधिमा सरकारले १२ किलोमिटर मात्रै ट्र्याक खोलेको तलकोट गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी खत्रीले बताइन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।