‘प्रेम दिवस’ मा सपना र सागर बने प्रियंका र आयुष्मान



०३ मङ्सिर २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी नेपालमा चर्चित जोडि हुन् । उनीहरुले केहिसमय अघिमात्र इन्गेजमेन्ट गरेका हुन् । यी दुई रियल जोडिलाई लिएर धेरै निर्माता निर्देशक चलचित्र निर्माण गर्न चाहन्छन् । केहिसमय अघिमात्र यी दुईले जोडिको रुपमा काम गरेको चलचित्र चङ्गा  चेट प्रदर्शनमा आएको थियो । उक्त चलचित्रलाई दर्शकले पनि रुचाए । हाल प्रियंका र आयुष्मान उनीहरुको नयाँ चलचित्र प्रम दिवस मा व्यस्त छन् ।

यतिबेला चलचित्र प्रेम दिवस को नेपालको पूर्वी भागका विभिन्न रमणीय स्थलमा छायांकन भैरहेको छ । छायांकन स्थलबाट नायिका प्रियंका कार्कीले एक तस्बिर सार्वजनिक गरेकी छिन् । उनले चलचित्रमा आफू र आयुष्मानको नाम सपना र सागर रहेको पनि खुलाएकी छिन् । चलचित्रमा हामीले आयुष्मानलाई फरक गेटअपमा देख्न पाउने भएका छौँ । चैत्रको दास्रो हप्तातिर रिलिज गरिने भनिएको चलचित्र पे्रम दिवस म्यूजिकल लब स्टोरीमा आधारित चलचित्र भएको चलचित्र निर्माण टिमले जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्