रणवीरसँग अहिले नै विवाह गर्ने योजना नरहेको आलियाको भनाई



०४ मङ्सिर २०७५, काठमाडौँ

आलिया भट बलिउडकी उमेरमा सानी भएपनि अभिनयमा निकै राम्रो मानिने नायिका हुन् । करण जौहरको चलचित्र स्टुडेन्ट अफ दि इयर बाट बलिउडमा आएकी आलियाले छोटो समयमै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

अहिले बलिउडमा आलियाको चर्चा चलचित्रमा भन्दापनि रणवीरसँगको अफेयरका कारण चलिरहेको छ । उनी केहि समयदेखि रणवीरसँग प्रेममा रहेकी छिन् । केहिदिन अघि बलिउडमा लक्स रोज अवार्ड भएको थियो । उक्त अवार्ड समारोहमा आलिया पनि गएकी थिइन् । त्यहाँ आलियालाई उनको विवाहको बारेमा सोधिएको थियो । किनकी उनको रणवीरसँग अर्को बर्षमा विवाह हुने चर्चा थियो ।

आलियाले आफ्नो विवाह अर्को बर्ष नै नहुने बताएकी छिन् । उनले आफ्नो विवाह हेर्नको लागि अझै केहिबर्ष पर्खनु पर्ने बताएकी छिन् । त्यतिमात्र नभएर आलियाले आफूले निकै राम्रोसँग विवाह गर्ने सोच बनाएको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्