०५ मंसिर २०७५, काठमाडौं
सन् २०१८ को रुसको विश्वकप विजेता फ्रान्सले उरुग्वेमाथि जित निकालेको छ ।
आज (बुधबार) पेरिसमा भएको खेलमा विश्वविजेता फ्रान्सले उरुग्वेमाथि जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले १–० को नतिजा बाहिर्याएको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि ५२ औं मिनेटमा फ्रान्सले एक गोल हान्दै अग्रता पाएको थियो । यही नतिजालाई परिवर्तन नगरि नै खेलको निर्धारित समय सकिएपछि फ्रान्सको पोल्टामा नतिजा परेको हो ।
यता, फ्रान्सका खेलाडी एमबाप्पे भने घाईते भएका हुन् । उरुग्वेका गोलकिपरसँग ट्याकल गर्ने क्रममा उनी घाईते भएका हुन् ।