०५ मङ्सिर २०७५, काठमाडौँ
निकै राम्रो रुप र अभिनय भएकी नायिका नम्रता श्रेष्ठ नेपालकी चर्चित नायिका हुन् । थोरै समयमा उनले धेरै फ्यान पनि बनाइसकेकी छिन् । सुदर्शन थापाको चलचित्र मेरो एउटा साथी छ बाट उनी सबैको फेबरेट बन्न पुगेकी छिन् । उनी थोरै मात्रामा तर राम्रा चलचित्र छानेर मात्र काम गर्छिन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् ।
अहिले नम्रता चलचित्रमा नआएको डेढ बर्ष भैसकेको छ । हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउने नम्रता आफूलाई चलचित्रमा आउन कुनैपनि हतार नरहेको बताउँछिन् । करिब डेढ बर्षपछि अब उनको चलचित्र प्रदर्शनम आउन लागेको छ । यतिबेला नम्रता चलचित्रको प्रसाद मा व्यस्त छिन् । चलचित्र यहि मङ्सिर २१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नम्रता फरक भूमिकामा देखिएकी छिन् । त्यसपछि उनी चलचित्र जाइरा मा व्यस्त हुनेछिन् । चलचित्र जाइरा पनि नम्रताको लागि महत्वपूर्ण चलचित्र हो किनकी त्यस चलचित्रको लागि नै नम्रताले कपाल मुण्डन गरेकी हुन् ।
उनी आफ्नो रिलिज हुन लागेको चलचित्र प्रसाद का लागि नर्भस र निकै उत्साहित पनि भएको बताउँछिन् । लामो समयपछि चलचित्रमा देखिन लागेकाले दर्शकको प्रतिक्रिया कस्तो आउला भनेर नर्भस र दर्शकसँग हलमा गएर भेट्न उत्साहित पनि भएको नम्रताले बताएकी छिन् । अहिले चलचित्र प्रसाद ले निकै राम्रो हाइप पाइरहेको छ । तर चलचित्रलाई दर्शकले कत्तिको रुचाउने हुन् त्यो भने हेर्न बाकिँ नै छ ।