०५ मङ्सिर २०७५, काठमाडौँ
बलिउडका चर्चित जोडि रणवीर सिंह र दिपिका पादुकोण अब प्रेमी प्रेमीका मात्र नभएर श्रीमान् श्रीमती बनिसकेका छन् । उनीहरुले यहि नोभेम्बर १४, १५ मा इटालीमा विवाह गरेका हुन् । आजभोली बलिउडका रणवीर र दिपिकाको निकै चर्चा चल्न थालेको छ । विवाह गरेर मुम्बई आएको २ दिनमै फेरि दिपिका र रणवीर रिसेप्सन पार्टि दिनका लागि ब्याङ्गलोर पुगेका छन् । उनीहरुको आज ब्याङ्लोरमा भव्य रिसेप्सन पार्टि रहेको छ ।
ब्याङ्लर जानका लागि एयरपोर्टमा दिपिका र रणवीर देखिएका थिए । उनीहरु एकसाथ निकै खुसी पनि देखिएका थिए । एयरपोर्टमा दिपिका निकै साधारण तर राम्री देखिएकी थिइन् । उनले सेतो कलरको कुर्ता, रातो चुरा, ठूलो झुम्का र घाटीमा मङ्गलसुत्र पनि लगाएकी थिइन् । रणवीर पनि निकै राम्रो देखिएका थिए । उनीहरु ब्याङ्लोरको पार्टि सकेर फेरि नोभेम्बर २८ मा मुम्बईमा पनि पार्टि दिनेछन् ।