०६ मङ्सिर २०७५, काठमाडौँ
मिस वर्ल्ड विश्वभरका सुन्दरीहरुबीच हुने एक प्रतियोगिता हो । यहाँ विश्वभरिका सुन्दरीहरु भाग लिन आउने गर्छन् । त्यस्तै मिस वर्ल्डको ६८ औँ प्रतियोगितामा नेपालकी एक चेली पनि गएकी छिन् । हुन त यो भन्दा पहिलो बर्षहरुमा पनि मिस वर्ल्डमा नेपाली चेलीहरु गएका थिए तर कसैले पनि सफलता पाउन सकेका थिएनन् । यसपाली मिस नेपाल बनेर मिस वर्ल्डमा गएकी नेपालकी श्रृङ्खला खतिवडाबाट भने धेरै आश गरिएको छ ।
अन्य बर्षका प्रतिस्पर्धीको तुलनामा यसबर्ष गएकी श्रृङ्खला निकै अब्बल देखिएकी छिन् । हेटौँडा घर भएर काठमाडामौँ नै बसेर पढेकी श्रृङ्खला राजनितिक परिवारमा हुर्किएकी हुन् । उनका बाबा आमा राजनितिमा भएपनि उनले भने आर्किटेक्चर पढेकी हुन् । हाल मिस वल्र्डमा गएकी श्रृङ्खला २३ बर्षकी छिन् । निकै राम्री श्रृङ्खला हरेक कुरामा अब्बल छिन् । हाल चाइनाको सान्यामा भैरहेको मिस वर्ल्ड प्रतियोगिमा उनी विभिन्न चरणहरु पार गर्दै मल्टिमिडिया अवार्डको लागि भोटिङ राउण्डमा पुगेकी छिन् ।
उनलाई भोट गर्नको लागि मोबस्टार एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गरेर श्रृङ्खला खतिवडा सर्च गरी उनका पोष्टमा लाइक र कमेन्ट गर्नुपर्ने हुन्छ । उनलाई भोट गर्नको लागि उनको अफिसियल फेसबुक पेज र मिस वर्ल्डको पेजमा गएर श्रृङ्खलाको नाम सर्च गरी उनको पोस्टहरु लाइक र सेयर गरेर पनि उनलाई भोट गर्न सकिन्छ । भोटिङ यी सबै कुराहरु मान्य हुने बताइएको छ ।
श्रृङ्खला अहिलेसम्म भोटिङमा सबैभन्दा अग्रस्थानमा छिन् । उनले अन्य प्रतिस्पर्धीको तुलनामा बढी भोट ल्याउँदै छिन् । यदि उनले यो अवार्ड जित्न सफल भइन् भने उनी सिधै क्वाटर फाइनलमा प्रवेश गर्नेछिन् । मिस वर्ल्डमा गएर यहाँसम्म पुग्ने श्रृङ्खला पहिलो नेपाली प्रतिस्पर्धी हुन् । त्यसैले हामी सबैले उनलाई जतिसक्दो धेरै भोट गरेर मिस वर्ल्डको उपाधि जिताउने कोशिस गर्नुपर्दछ । उनले मिस वर्ल्ड जित्नु भनेको उनको लागि मात्र नभएर नेपालकै लागि गौरवको कुरा हो । मिस वर्ल्डको फाइनल यहि डिसेम्बर ८ मा साइनाको सान्यामा हुँदैछ ।