टी–१० मा सन्दीप खेलको सुरुमै बने ‘म्यान अफ द म्याच’



०६ मंसिर २०७५, काठमाडौं

नेपाली लेग स्पेनर सन्दीप लामिछाने यूएईमा जारी टी–१० मा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बनेका छन् । केरलाबाट खेलेका नेपाली क्रिकेटर सन्दीपले सुरुको दुई ओभरमै ३ विकेटको योगदान दिए ।

सारजहा क्रिकेट मैदानमा गएराती भएको खेलमा उनले सो सनसनीपुर्ण कला देखाएका हुन् । टस जितेर पहिला ब्याटिङ गरेको शाहिद अफ्रिदीको टोली पख्तून्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। जसमा स्पिनर सन्दीपले २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका थिए। उनले पहिलो ओभरमा नै २ विकेट लिएका थिए।

लिगको पहिलो खेलमा नै तीन विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने । दुई ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच चुनिएका हुन् । उनले तीन जना मुख्य खेलाडीलाई आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्