०६ मङ्सिर २०७५, काठमाडौँ
दिपिका पादुकोण र रणवीर सिंह बलिउडका नव विवाहित जोडि हुन् । केहिदिन अगाडि इटालीमा विवाह गरेर मुम्बई आएका दिपिका र रणवीर हाल आफ्नो विवाहको रिसेप्सन पार्टिमा व्यस्त छन् ।
रिसेप्सन पार्टि दिनकै लागि रणवीर र दिपिका हाल ब्याङ्लोरमा छन् । उनीहरुको पहिलो रिसेप्सन पार्टि निकै भव्यसँग सम्पन्न भएको छ । रिसेप्सन पार्टिमा दिपिकाले साडी लगाएकी थिइन् । दिपिका निकै राम्री देखिएकी थिइन् । रणवीरले पनि दिपिकासँग म्याच हुने लुगा लगाएर निकै राम्रो देखिएका थिए । ब्याङ्लोरमा रिसेप्सन पार्टि सकिसकेको छ । अब २८ नोभेम्बरमा दिपिमा र रणवीरले मुम्बईमा भव्यसँग रिसेप्सन पार्टि दिने भएका छन् ।