सिन्धुली क्षेत्र नं. १ मा सांसद पहाडीद्वारा २० योजना छनौट



०६ मङ्सिर २०७५, काठमाडौं

सिन्धुलीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी संयोजक रहेको निर्देशक समितिले निर्वाचन क्षेत्र नम्बर १ लाई ४ करोड रकम विनियोजन गरेको हो ।

जिल्लामा सम्पन्न बैठकले योजनाहरु प्रथमिकताका आधारमा दुधौली नगरपालिका, फिक्कल, तिनपाटन, गोलञ्जोर गाँउपालिका र कमलामाई नगरपालिकाका सडक तथा भौतिक पूर्वाधार निर्माणमा केन्द्रित रहेर विभिन्न २० योजनालाई छनौट गरि बजेट विनियोजन गरिएको सांसद पहाडीले बताएका छन् ।

दुधौली नगरपालिका अन्तर्गत पर्ने कमला, तावा नदी नियन्त्रणका लागि ७५ लाख, दुधौलीकै वडा नम्बर ३ मा निर्माणधिन अवस्थामा रहेको पुष्ना स्मृति भवन निर्माणका लागि १५ लाख छुट्याइएको छ ।

त्यस्तै दुधौली नगरपालिकाकै वडा नम्बर ४ डकाहामा रहेको सरस्वती क्याम्पस भौतिक पूर्वाधार निर्माणमा १७ लाख, वडा नम्बर १३ को याना महादेवडाँडा सडक स्तरोन्नीका लागि १० लाख, वडा नम्बर ५ को भित्ते बाटो स्तरोन्नतीका लागि १८ लाख र वडा नम्बर ३ को कालापानी खानेपानी योजनामा १२ लाख रकम विनियोजन गरिएको छ ।

फिक्कल गाँउपालिकामा खुर्काेट घुर्मी विद्युतीकरणका लागि ५० लाख, वडा नम्बर ६ को गोगनपानी डाँडागाँउ सोखु सडक निर्माणका लागि २० लाख र वडा नम्बर ५ मा निर्माणाधिन अवस्थामा रहेको उद्धव स्मृति पार्क निर्माणका लागि १४ लाख रकम छुट्याइएको छ ।

तिनपाटन गाँउपालिकाको वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माणमा २० लाख, वडा नम्बर ८ को पुल्चोक लायोगाँउ सडक स्तरोन्नतीका लागि १७ लाख, वडा नम्बर ५ मा रुचानी छरछरे बाबाधाम मुलबाटो रिट्ठे सडक योजनाका लागि २० लाख रकम विनियोजन गरिएको छ ।

पाटनदेवि मावि भौतिक पूर्वाधारका लागि १० लाख, छरछरे जखनी बेलघारी सडक निर्माणका लागि १० लाख र मावि आम्बोटे धारापानी झ्याले सडकका लागि पनि १० लाख रकम छुट्याइएको जनाएको छ ।

यस्तै गोलञ्जोर गाँउपालिकामा पर्ने वीपी राजमार्गको २६ किमि नयाँखर्क मावि हुँदै देउरालीटार सडक स्तरोन्नती वडा नम्बर ५ र ६ का लागि २० लाख, वडा नम्बर ४ को खोक्सीनाथ तिनमुरे सडक स्तरोन्नतीका लागि १७ लाख, पुकुटार सल्ले कार्तिके सडक निर्माण वडा नम्बर १ का लागि १८ लाख र पात्लेरिप धनसिङडाडा भदौरे खानेपानी योजना वडा नम्बर ३ का लागि १० लाख वजेट विनियोजन गरिएको  छ ।

कमलामाई नगरपालिकामा जनजागृति मावि भिमानको भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने जिल्ला समन्व समितीको प्रशासनिक खर्चका लागि २ लाख रुपैयाँ सहित ४ करोडको बजेट छुट्याइएको सांसद पहाडीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्