चुनावी वाचा पुरा गर्दै पूर्व सांसद खतिवडा



०६ मङ्सिर २०७५, काठमाडौं

नेपाली काङ्ग्रेसका युवा नेता रामहरी खतिवडाले चुनावी वाचा पुरा गर्दै आएका छन् ।

नेता खतिवडाले बैकल्पिक उर्जा प्रणाली मार्फत सुखाक्षेत्रमा सिंचाइको व्यवस्था गर्ने प्रतिबद्धता गराएका थिए । उक्त प्रतिवद्धता आर्थिक वर्ष २०७५। ०७६ को वार्षिक केन्द्रिय कार्यक्रम अन्तर्गत सौर्य सिंचाई पम्पिङ्ग कार्यक्रमका लागि छनोन भएका ४६० योजना मध्ये ओखढुंगामा ८ वटा योजना छनोटमा पारेका छन् ।

चिसंखुगढी गाँउपालिका वडा नं १ माझीटारमा १, सुनकोशी गाँउपालिका वडा नं १ र २ मा, २ लिखु गाँउपालिका वडा नं १ नौबिसे र रातमाटामा २, चम्पादेबी गाँउपालिका वडा नं २ र ६ मा ३ गरी जम्मा ७ वटा रहेका छन् ।

नेता खतिवडाले विकासको काम गर्नलाई चुनावी नतिजाले फरक पार्दैन जित होस् या हार नै किन नहोस म त सधैं विकासको योजनामा कुनै विभेद नगरि पार्टी न जाती भन्दै विकास निर्माणको काममा अघि बढ्ने बाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्