०७ मङ्सिर २०७५, काठमाडौँ
करिना कपुर बलिउडकी निकै चर्चित नायिका हुन् । उनी सैफ अली खानसँग विवाह गरिसकेपछि बलिउडबाट टाढिएकी हुन् । अहिले करिना त्यति चलचित्रमा देखिएकी छैनन् । सैफले करिनासँग भन्दा अगाडि अमृतासँग विवाह गरेका थिए । उनकी ए जेठी श्रीमतीकी एक छोरी पनि छिन् । करिनाले एक अन्तवार्तामा सैफकी जेठी श्रीमती र उनकी छोरी साराको निकै तारिफ गरिन् ।
उनलाई अन्तवार्तामा तपाईर्ला साराको आमा भन्दा कस्तो लागछ भन्ने प्रश्नमा करिनाले म साराको आमा बन्न कहिले पनि सक्दिन भनेकी छिन् । उनले आफूभन्दा अमृता धेरै राम्रो भएकाले साराको आमा अमृता मात्रै हुने बताइन् । करिनाले आफ्नो अमृतासँग कुनैपनि दुस्मनी नभएको बताएकी छिन् । उनले कुनै कुरामा सारालाई आफ्नो सर सल्लाहको जरुरत परे आफू सधैँ तयार रहेको बताएकी छिन् ।
करिनाले सारा निकै राम्री केटि भएको बताएकी छिन् । उनले सारा निकै बहादुर र सबै कुरामा पोख्त भएको पनि बताएकी छिन् । उनले साराको निकै प्रशंसा गरिन् र सारालाई आफूले धेरै माया गर्ने बताइन् ।