चिनियाँ प्रशिक्षकद्वारा नेपालीलाई ‘ताई ची’ प्रशिक्षण



७ मङ्सिर, २०७५, काठमाडौँ,

चिनियाँ शारिरिक अभ्यास खेल ‘ताई ची’ को आधारभूत प्रशिक्षण काठमाडौँमा संचालन भईरहेको छ ।

चिनियाँ साँस्कृतिक केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको ‘ताई ची’ प्रशिक्षण शनिबारसम्म जारी रहनेछ।

हरेक दिन बिहान १०–११ बजेसम्म केन्द्रको कार्यालयमा महाराजगञ्जमा र दिउँसो ३ बजेदेखि ४ बजेसम्म शंखपार्कमा प्रशिक्षण संचालन भै रहेको केन्द्रमा कार्यरत विद्या पाक्वानले परिवर्तन खबरलाई बताईन।

प्रशिक्षण चीनको सान्तोङ प्रान्तबाट आएका प्रशिक्षक छाङ स्यूले दिइरहेका छन् । उनी सान्तोङ प्रान्तको इन्टरनेशनल ‘ताई ची’ स्कुलका कोच हुन् । उनले यसअघि अष्ट्रेलिया, भारतमा समेत ‘ताई ची’ प्रशिक्षण गराई सकेका छन् । चीनमा हरेक वर्ष आयोजना हुने ‘ताई ची’ प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने बताईएको छ ।

थाई ची चीनको परम्परागत शारीरिक अभ्यास र विशेष प्रकारको कला हो। शरीरलाई तन्दुरुस्त राख्न र आत्मरक्षाको लागि पनि ‘ताई ची’ चीनका बालबालिका देखि वृद्द सम्मले सिक्ने र अभ्यास गर्ने चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यीन कुन्सोङ्ग बताउँछन्।

प्रशिक्षणमा हात, खुट्टा, डोरी, लठ्ठी आदिको कला प्रदर्शित हुन्छ । ‘ताई ची’ का विभिन्न प्रकार हुने प्रशिक्षक छाङ स्यू बताउँछन् । आफूलाई आवश्यकता र रुची अनुसार ‘ताई ची’ का प्रकारहरु अभ्यास गर्ने प्रशिक्षक स्यूले कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्