विकासवादी डा. भट्टराई साँस्कृतिक जागरण अभियानमा सक्रिय



०८ मङ्सिर २०७५, काठमाडौं

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने गणेश तथा भैरवनाथ जात्रा काठमाडौँ महानगरपालिका वडा नं ७ चाबहिल गणेशथानमा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी भएका छन् ।

नेपाल सम्वत ८०१ मा राजा भूपालेन्द्र मल्लले थालनी गरेको जात्रामा स्थानीय सहभागीता तथा परम्परागत मान्यतालाई संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रम नविन गोरखालीको संयोजकत्वमा भएको थियो भने कामपा वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोल तथा वडा सदस्यहरु कृष्णमणि भट्टराई, कृष्णप्रसाद घिमिरे, निर्मला पुडासैनी, चन्द्रकला सुन्दास सहित स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चार दिनसम्म चल्ने जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरी साँझ मन्दिर परिसरमा जगाएको धुनीमा समेत डा. भट्टराई सहभागी भएका थिए ।

चावहिलको जात्रापछि डा. भट्टराई कुटुबहालमा आयोजित अर्काे धार्मिक कार्यक्रममा समेत सहभागी भएका थिए । कुटुबहाल परिसरमा आयोजित विभिद साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई डा. भट्टराईले कार्यक्रमकै अवसर पारी सम्मान समेत गरेका थिए ।

कामपा १ मा डा. भट्टराईलाई बधाई तथा शुभकामना
काठमाडौं महानगरपालिका वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठको अगुवाईमा डा. राजन भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकारको जिम्मेवारी पाएकोमा वडा तथा स्थानीयहरुका तर्फबाट कार्यकाल सफलताको शुभकामना दिदैं सम्मान गरिएको थियो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै डा. भट्टराईले आफू सधैँ स्थानीय विकासको लागि सहयोगी हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेकपाका स्थानीय नेता विष्णु सापकोटाद्वारा संचालित कार्यक्रममा अन्य जननिर्वाचित प्रतिनिधिहरु, पार्टी कार्यकर्ता तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको नेकपाका स्थानीय नेता दिपेन्द्र पुडासैनीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्