के एक अर्काको प्रेममा छन् सारा र अनमोल ?



१० मङ्सिर २०७५, काठमाडौँ

चलचित्र रुद्र बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी नायिका सारा सिरपाली अहिलेकी नाम चलेकी नायिका हुन् । उनले आफ्नो पहिलो चलचित्र निखिल उप्रेतीसँग गरेकी थिइन् । उनको दोस्रो चलचित्र पिंजडा ब्याक अगेन मा पनि उनले निखिलसँगै काम गरेकी थिइन् । तर विडम्बना उनको दुईटै चलचित्र बक्सअफिसमा असफल साबित भए । तर उनको अभिनय र रुपमा कारण भने उनी सधैँ नै चर्चामा नै रहिन् ।

अहिले नेपाली सिनेवृतमा साराको चर्चा उनको अब रिलिज हुन लागेको चलचित्र सुश्री सम्पत्ति का कारण भन्दा पनि चर्चित नायक अनमोल केसीसँगको सम्बन्धको कारण चुलिएको छ । नायक अनमोल केसीले आफ्नो इष्ट्राग्राम अकाउन्टमा फलो गर्ने केहिमध्ये सारा पनि एक हुन् । त्यसैले आजभोली अनमोलसँग उनको प्रेम रहेको हल्ला चल्न थालेको छ । तर एक अन्तवार्तामा साराले यो कुराको खण्डन गरेकी छिन् । उनले आफू अनमोलको साथी मात्र भएको बताएकी छिन् ।

उनले अनमोलको र उनको कहिलेकाहिँ कुरा हुने तर एकअर्काको प्रेममा भने नरहेको खुलाएकी छिन् । अनमोलले आफ्नो चलचित्र रिलिज हुने समष्यमा चैँ मलाई शुभकामना दिनु भएको थियो  । त्यसबाहेक हामीबिच त्यस्तो कुनै पनि प्रेम सम्बन्ध छैन भन्दै साराले आफू र अनमोलबीच प्रेम रहेको कुरा गलत भएको बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्