१० मङ्सिर २०७५, काठमाडौँ
आजभोदी नेपाली चलचित्र क्षेत्रमा पुराना गीतहरुलाई रिमेक गरेर नयाँ बनाउने चलन नै चलेको छ । हुन पनि पहिले पहिलेको गीतमा जुन मौलिकता हुन्थ्यो आजभोलीका गीतमा त्यो पाइदैन । आजभोली चलचित्रमा समावेश गरिएका गीतहरुमध्ये केहिले मात्र मौलिकता बोकेका हुन्छन् । त्यसैले पनि चलचित्र चलाउनै भएपनि आजभोली निमाृता निर्देशकले पुराना गीतलाई रिमेक गरेर चलचित्रमा समावेश गर्न थालेका हुन् ।
केहिदिन अघिमात्र सरोज खनालको पुरानो चलचित्र साईनोको आज हाम्रो भेट भाको दिन बोलको गीतर्ला चलचित्र लि ब्रेकअप नामक चलचित्रको लागि रिमेक गरेर सार्वजनिक गरिएको थियो । उतिबेलाको सर्वाधिक हिट गीतको रिमेकले भने सोचेजस्तो सफलता पाउन सकेन । यहि चैत्रमा प्रदर्शनमा आउने सलिनमान बनियाँको चलचित्र यात्रा मा पनि चलचित्र आफ्नो मान्छेको गीत चट्ट रुमाल क्या मालुम बोलको गीतलाई रिमेक गरेर समावेश गरिएको छ । गीतले कत्तिको चर्चा पाउने हो त्यो हेर्न भने केहि समय पर्खनै पर्छ ।
हालैमात्र छायांकनमा गएको सुपरहिट चलचित्र विर विक्रम को सिक्वेल विर विक्रम २ मा पनि पुरानो चलचित्र देउता को सर्वाधिक चर्चित गीत पिरतीको मिठो तिर्सना बोलको गीतलाई रिमेक गरेर समावेश गरिएको छ । हाल गीतको छायांकन नेपालको निकै सुन्दर ठाउँ मनाङ मुस्ताङमा भैरहेको छ । पुरानो गीतमा राजेश हमाल, र्सिजना बस्नेत र श्रवण घिमिरेले अभिनय गरेका थिए भने रिमेक गीतमा पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटीलाई देख्न सकिन्छ ।