सारासँगको प्रेमबारे मुख खोले आनमोलले, भन्छन् सारासँग मेरो प्रेम सम्बन्धको कुरा झुटो हो



११ मङ्सिर २०७५, काठमाडौँ

अहिले नेपाली सिनेवृतमा नायक अनमोल केसी र नायिका सारा सिरपालीको प्रेमको कुराले निकै चर्चा पाइरहेको छ । सबैले अनमोलको हाल सारासँग प्रेम रहेको बताएका छन् । यस विषयमा केहिदन अगाडि सारासँग पनि सोधिएको थियो । त्यहाँ उनले आफ्नो अनमोलसँग कहिलेकाहिँ भेट हुने तर प्रेममा भने नरहेको बताएकी छिन् । उनले आफू र अनमोल मिल्ने साथी मात्र भएको बताएकी थिइन् ।

अनमोल केसी यो विषयमा बेखबर थिए । उनी हाल चलचित्र ए मेरो हजुर ३ को सुटिङको लागि मनाङ पुगेका छन् । त्यसैले उनलाई यस विषयमा केहि थाहा थिएन । तर अनमोलले पहिलो पटक सारासँगको प्रेमको बारेमा मुख खोलेका छन् । उनले आफू र साराबिच त्यस्तो केहिपनि सम्बन्ध नरहेको बताएका छन् ।

अनमालले आफू र सारा सामाजिक सञ्जालमा मात्र साथी भएको तर उनलाई अहिलेसम्म नभेटेको बताएका छन् । यो कराले अनमोललाई निकै चकित बनाएको छ । सारासँग मेरो त्यस्तो केहिपनि सम्बन्ध नै छैन तरपनि यस्तो हल्ला फैलिएकाले म एकदमे अचम्मित छु भन्दै अनमोलले गुनासो पोखेका छन् । उनले आफ्ना फ्यानहरुलाई पनि यो झुटो कुरामा विश्वास नगर्न आग्रह गरेका छन् । त्यति मात्र नभएर अनमोलले यदि आफ्नो कोहिसँग अफेयर भए सबैलाई जानकारी गराउने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्