१२ मङ्सिर २०७५, काठमाडौँ
कपिल शर्मा भारतका एकदमै चर्चित कमेडियन हुन् । उनलाई किङ्ग अफ कमेडिको उपनाम पनि दिइएको छ । उनले जुनसुकै अवार्ड शो मा होस् वा आफ्नै कमेडि शो मा होस् सधैँ दर्शकलाई हसाउने मात्र कोशिस गर्छन् ।
कपिलको पहिले कमेडि नाइट्स विथ कपिल नामक शो आउथ्यो । तर पछि उनले उक्त शो लाई बन्द गरेर द कपिल शर्मा शो लिएर आए । द कपिल शर्मा शो भारतको निकै चर्चित कमेडि शो थियो । तर पछि उनको र कपिल शर्मा शोकै अर्का चर्चित कमेडियन डाक्टर मसुर गुुलाटी अर्थात् सुनिल ग्रोबरबिच मनमुटाव भएपछि कपिलको शो बन्द भएको थियो ।
कपिल शर्मा शो लाई दर्शकले निकै मिस गरेका थिए । दर्शकले अब फेरि कपिललाई कपिल शर्मा शो मा देख्न पाउन भएका छन् । उनी फेरि आफ्नो चर्चित शो मार्फत् पुन ः एकपटक दर्शकमाझ आउँदैछन् । उनको र सुनिलको झगडा पनि मिलिसकेको छ । उनीसँगै शो मा सुनिल पनि देखिदैँछन् । कपिलले द कपिल शर्मा शो को टिजर पनि सार्वजनिक भैसकेको छ । उनले आफ्नो शो को पहिलो एपिसोडमा बलिउडका किङ्ग खान शाहरुख खानलाई गेष्टको रुपमा निम्त्याउने भएका छन् ।