१३ मङ्सिर २०७५, काठमाडौँ
करण जौहर बलिउडको निकै प्रचलित र लोकप्रिय नाम हो । हुन त उनी बलिउडका उत्कृष्ट निर्देशकका रुपमा परिचित छन् तर उनले चलचित्र निर्देशन बाहेक विभिन्न रियालिटि शोहरुमा जर्जको रुपमा पनि काम गर्ने भएकाले उनलाई सबैले अत्यन्तै रुचाउँछन् । करण जौहर हरेक कुराले सम्पूर्ण छन् तर उनलाई मानिसहरु उनको लैङ्गिकतालाई लिएर जिस्काउने गर्छन् ।
करण जौहरलाई धेरैले उनको हिडाई, बोलाई केटिको जस्तो भएको बताउने गर्छन् । केहिदिन अगाडि एक कार्यक्रममा करणले आफ्ना केहि गोप्य राजहरु बताएका छन् । उनले आफूले धेरै अगाडि केटा बन्नको लागि ३ बर्ष तालिम लिएको बताए । सबैले उनलाई जिस्काउन थालेपछि उनले आफू घरमा कसैलाई पनि नबताई केटा बन्नको लागि तालिम लिन गएको खुलासा गरेका छन् । त्यतिमात्र नभएर उनका बुबालाई ट्युसन जान्छु भन्दै उनले आफ्नो आवाज केटाको जस्तो बनाउने ठाउँमा पनि जाने गरेको बताए ।
करण जौहरको परिवार एकदमै बुझ्ने खालको भएको करणले बताए । समाजले मलाई जस्तो नजरले हेरे पनि मेरो परिवारको नजरमा म कहिले नराम्रो भइन भन्दै करण भावुक पनि बने । आफ्नो केटिको जस्तो बोली र हिडाईका कारण विद्यालयका हरेक कार्यक्रममा आफू सहभागी नहुने बताउँदै करणले आफूलाई केटाजस्तो बनाउन धेरै मेहेनत गरेको पनि बताए ।