१३ मङ्सिर २०७५, काठमाडौँ
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको विवाहको कुराले अहिले बलिउड निकै तातिएको छ । प्रियंका यहि डिसेम्बर १ र २ मा आफ्ना अमेरिकन प्रेमी निक जोनससँग विवाह गर्दैछिन् । विवाहका लागि निक इन्डिया आइसकेका छन् भने उनका परिवार इन्डिया आउने क्रममा छन् । इन्डियाको सुन्दर क्षेत्रको रुपमा परिचित जोधपुरमा उनी निकसँग विवाह गर्दैछिन् ।
विवाहका लागि निक र प्रियंका आज जोधपुर पुगिसकेका छन् । जोधपुरमा उनीहरुलाई हेर्ने दर्शक र मिडियाको थामीनसक्नु भिड थियो । सबैले उनीहरुको निकै भव्यसँग स्वागत गरेका थिए । उनीहरुको यति राम्रोसँग स्वागत गरेको देखेर निक र प्रियंकाले हात जोडेर आफ्नो फ्यानहरुलाई धन्यवाद दिए ।
प्रियंकाको विवाह १ र २ डिसेम्बर दुई धर्मअनुसार हुने भएको छ । तर विवाहभन्दा अगाडि संगीत, मेहेन्दी लगायतका अन्य रितिरिवाज पुरा गर्नको लागि प्रियंका र निक जोधपुर पुगिसकेका छन् । प्रियंकाले विवाहपछि ४ डिसेम्बरमा दिल्लीमा भव्य रिसेप्सन पार्टि दिने बताएकी छिन् ।