चलचित्रमा काम गरिरहँदा निसन्तान हुनुको पिडा महशुस गरे : नम्रता श्रेष्ठ



१४ मङ्सिर २०७५, काठमाडौँ

नम्रता श्रेष्ठ नेपालकी निकै चर्चित अभिनेत्री हुन् । चलचित्र सानो संसार बाट नेपाली चलचित्र जगतमा आएकी नम्रताले छुट्टै पहिचान भने चलचित्र मेरो एउटा साथी छ बाट बनाएकी हुन् । मेरो एउटा साथी छ बाट नम्रता सबैकी प्रिय बन्न सफल भएकी थिइन् । उनी नेपालकी महंगी नायिकाको सुचीमा पर्छिन् । आजभोली चलचित्रमा कम देखिने नम्रता हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउँछिन् ।

हाल नम्रताको मुख्य भूमिका रहेको चलचित्र प्रसाद प्रदर्शनको अन्तिम चरणमा आइपुगेको छ । चलचत्रिमा उनीसँगै निश्चल बस्नेत र विपिन कार्कीको मुख्य भूमिका रहेको छ । चलपचित्रमा उनी विपिनकी श्रीमतीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा एक नि ः सन्तान श्रीमान श्रीमतीको कथालाई देखाउन खोजिएको छ । सन्तान नहुँदा नम्रता र विपिनको जीवनमा आउने पिडालाई चलचित्रमा देख्न सकिन्छ । नम्रताले चलचित्र प्रसाद मा आफ्नो भूमिका ज्यादै मन परेको बताएकी छिन् ।

चलचित्रमा काम गरिरहँदा आफूलाई सन्तान नहुँदाको पिडा कस्तो हुन्छ भन्ने महशुस भएको उनले बताएकी छिन् । हाम्रो देशमा यस्ता धेरै दम्पती छन् जसका बालबच्चा छैनन् । त्यसकारण श्रीमान र श्रीमतीबिच मनमुटाव पनि हुने गरेको छ । नम्रताले चलचित्र प्रसाद मा काम गरिरहँदा आफू अहिलेसम्म अविवाहित नै भएपनि आफूले सन्तान नहुँदाको पिडा भोगेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्