एशिया प्यासेफिक शिखर सम्मेलनले झकीझकाउ हायात होटल (फोटो फिचर)



१५ मंसिर २०७५, काठमाडौँ

एशिया प्यासेफिक समिट २०१८ का लागि काठमाडौँको हायात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ ।

हायात प्रवेशद्वारदेखि सजिसजाउ गरिएको होटलमा जताततै फूलैफूलको प्रयोग गरिएको छ । विजुलीका पोलहरु सबै फुलले ढाकिएका छन् । होटलको सिँढीहरुमा समेत रातो कार्पेट विच्छ्याइएको छ । होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड देखिन्छ । त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल फिस फेडरेशन अन्तर्राष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।

शिखर सम्मेलनमा सहभागी हुन बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष/सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५०० भन्दा बढी सहभागी रहेको आयोजकले बताएका छन् ।

          

प्रतिक्रिया दिनुहोस्