१५ मंसिर २०७५, काठमाडौँ
तीन दिन सम्म संचालन हुने एसिया प्यासेफिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे ।
सम्मेलनमा म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा, पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलगायत विभिन्न एसिया तथा प्यासेफिक क्षेत्रका सरकार प्रमुखहरुले समेत सम्बोधन गरेका थिए । सम्मेलनमा शान्ति, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।