प्रियंका र निकको विवाहमा निकको जुत्ता लुकाएर परिणितीले गरिन् निकसँग ५ करोड ५८ लाखको माग



१७ मङ्सिर २०७५, काठमाडौँ

नायिका प्रियंका चोपडाले यहि डिसेम्बर १ र २ मा भारतको जोधपुरमा आफ्ना प्रेमी निकसँग विवाह गरेकी छिन् । डिसेम्बर १ मा उनको क्रिस्चियन धर्मअनुसार र डिसेम्बर २ मा हिन्दु धर्मअनुसार विवाह भएको छ । निक र प्रियंका छुट्टाछुट्टै धर्मबाट भएकाले उनीहरुको विवाह दुई धर्मअनुसार भएको हो ।

प्रियंका र निक केहि समयदेखि एकअर्काको प्रेममा थिए । त्यसैले उनीहरु आफ्नो विवाहका हरेक कार्यक्रमहरुलाई निकै रमाईलोसँग मनाइरहेका थिए । प्रियंकाको विवाह निकै राम्रोसँग सम्पन्न भैसकेको छ । प्रियंकाको विवाहमा जुत्ता लुकाउने कार्यक्रम पनि भएछ । प्रियंकाकी बहिनी परिणिती चोपडा जो बलिउडकी निकै राम्री र चर्चित नायिका हुन्, उनले निकको जुत्ता लुकाएर निकै महंगो पैसाको डिमाण्ड गर्न भ्याइन् ।

भारतीय मिडियाका अनुसार परिणितीले निकसँग पाँच करोड ५८ लाख भारु मागेको खबर छ । तर निकले परिणितीलाई कति रकम दिए त्यो भने अहिलेसम्म सार्वजनिक भएको छ । निकले परिणितीलाई कति रकम दिए त्यो भने केहिदिन पछि नै थाहा होला ।

 

प्रतिक्रिया दिनुहोस्