१८ मंसिर २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा लैङ्गिक हिंसा विषयक कविता प्रतियोगिता वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
रामचन्द्र ढकाल, गंगा कर्माचार्य पौडेल र केशव पाठक निर्णायक रहेको प्रतियोगितामा प्रथम पुरस्कार प्रगती लुईटेल, द्वितिय मेनुका विष्ट तथा तृतियमा रीता ढकाल र सौरभा सिग्देलले प्राप्त गरेका थिए ।
बूनपा १० को महिला संजालले संयोजन गरेको प्रतियोगितामा १६ जना महिलाहरुबीच खुल्ला प्रतिस्पर्धा भएको थियो ।
बूनपा नगर उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभाध्यक्ष बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले गरेका थिए ।
स्वागत मन्तव्य वडा सदस्य रीता दाहाल तथा कार्यक्रम सञ्चालन वडासचिव नविन्द्र तमाङ र संजालकी पवित्रा पोखरेलले गरेका थिए ।