सांसद कोषको बजेट नछुट्याएको भन्दै वडाध्यक्ष भट्टराई आक्रोशित



१९ मङ्सिर २०७५, काठमाडौं

काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गगन थापाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा सांसद विकास कोषको बजेट नछुट्याई विभेद गरेको भन्दै वडाध्यक्ष शम्भु भट्टराई आक्रोशित भएका छन् ।

परिवर्तन खबरसँग कुरा गर्दै वडाध्यक्ष भट्टराईले भने, ‘साविक कपन गाविसका अन्य वडाहरुमा सांसद विकास कोषको बजेट बिनियोजन भएको छ, तर बूनपा १२ लाई विभेद गरिएको छ ।’ उनी थप्छन्, ‘बूनपा १२ मा पनि सांसद थापाका समर्थक र मतदाता छन् । हामी जननिर्वाचित र वडावासीहरुलाई अपमान गर्नुभो ! परिणाम राम्रो हुनेछैन ।’

सांसद थापाद्वारा विनियोजित सांसद विकास कोषको खर्च विवरण :

 

प्रतिक्रिया दिनुहोस्