‘रणवीरसँगको ब्रेकअप मेरो लागि सुन्दर उपहार’ : कट्रिना कैफ



१९ मङ्सिर २०७५, काठमाडौँ

कट्रिना कैफ बलिउडकी निकै सुन्दर र अब्बल अभिनय गर्ने अभिनेत्री हुन् । उनीे छोटो समयमा नै बलिउडमा आफूलाई स्थापित गर्न सफल नायिका हुन् । उनी बलिउडमा अहिलेकी सर्वाधिक व्यस्त र डिमाण्डेड नायिका पनि हुन् । हाल कट्रिना आफ्नो रिलिज हुन लागेको चलचित्र जिरो मा व्यस्त छिन् ।

कट्रिनाले केहिदिन अगाडि आफ्नो केहि कुराहरुको खुलासा गरेकी छिन् । कुनै एक समयमा नायिका कट्रिनाको चर्चा उनको कामले भन्दापनि अभिनेता रणवीर कपुरसँगको अफेयरका कारण हुने गर्थ्यो । उनी र रणवीर करिब ६ बर्षसम्म एकअर्काको प्रेममा थिए । अहिले भने कट्रिनाको रणवीरसँग ब्रेकअप भैसकेको छ ।

अहिले कट्रिना आफ्नो काममा व्यस्त छिन् भने रणवीर आलियासँग डेटमा छन् । कट्रिनाले रणवीरसँगको ब्रेकअप उनको लागि एकदमै राम्रो गिफ्ट भएको बताएकी छिन् । त्यतिमात्र नभएर रणवीरसँगको ब्रेकअपपछि जीन्दगीका हरेक क्षणलाई नयाँ नजरले हेर्न थालेको उनी बताउँछिन् । कट्रिना अहिले मलाई त्यो केहि कुराले फरक पार्दैन भन्छिन् । हुन पनि उनी आफ्ना नयाँ चलचित्रहरुमा व्यस्त छिन् ।

 

प्रतिक्रिया दिनुहोस्