’यो सम्झिने मन छ, म बिर्सु कसोरी, तिमी नै भनी देउ एsss जाने निष्ठुरी’



१९ मंसिर २०७५, काठमाडौं

‘यो सम्झिने मन छ, म बिर्सू कसोरी !
तिमी नै भनीदेउ एsss जाने निष्ठुरी !’
आज पनि मनले त्यहीँ एक स्वर सम्झिरहेको छ, जो हामीसामु छैन तर, यस्तो लाग्छ । उनी यदाकदा घुमिरहेका छन् । अनायसै ! उनलाई हामी बिसौँ कसरी ?
साँच्चै यो सम्झिने मन छ । बिर्सु कसोरी ?

आज उनले बास गरेका छन्, नेपालीको मन मनमा, मुटु मुटुमा अनि यादहरुको पानाहरुमा ।

वि. स. १९९६, असोज १८ गतेको दिन जन्मिएका उनी, एक जिउँदा साधक ! जो आजसम्म अमर छन् ।

काठमाडौंको किलागालमा जन्मिएका उनी, हुन् नेपाली सांगीतिक आकाशमा ज्योती बनेर रहिरहेका स्वर सम्राट नारायण गोपाल ।
‘म त लालीगुराँस भएछु’
‘एउटा मान्छेको मायाको मायाँले’
‘तिम्रो जस्तो मुटु’
‘जुन फूल मैले’
‘यति धेरै मायाँ दिई’
‘मलाई नसोध कहाँ दुख्छ घाउ’
‘दुईटा फूल देउरालीमा’ लगायतका धेरै गितहरुबाट नेपालमा मात्रै नभएर ती टाढाको आगन्तुक जगतमा समेत चिर–परिचित स्वर सम्राट नारायण गोपाल अहिले हामीसामु नरहे पनि उनीका गितहरु गुञ्जिदिदाँ लाग्छ, उनी अझै यतै कतै जीवितै छन् ।

‘नारायणगोपाल गुरुवाचार्य’ पुरा नाम गरेका उनी सानोमा धेरै जसो भजन किर्तनमा रमाउने गर्थे ।

पिता आशागोपाल गुरुवाचार्य तथा माता रामदेवी गुरुवाचार्यको कुशल सन्तानका रुपमा जन्मिएका उनी संगीतमा रमाउँदा रमाउँदै वि. स. २०४७ मंसिर १९ गते को दिन अर्थात आजकै दिन यो लोकबाट उनको भौतिक शरीर हराएको दिन हो ।

आफ्नो जीवनकालमा करिब ५०० भन्दा बढि गितहरुमा आफ्नो जादुमय स्वर भरेका उनी अहिले स्वर सम्राटको नामले सु–परिचित छन्, जताततै !

नेपाली संगीतलाई पुर्याएका उनका ती योगदानहरुलाई मान्दै उनलाई धेरै पुरस्कारहरु प्रदान गरिएका छन् । नपाउन् पनि कसरी ? जुन एउटा ब्यक्तिले त्यो समयमा त्यत्तिको योगदान गर्न सके नेपाली संगीतको क्षेत्रमा ।

नारायणगोपाल पहिलो पटक त्रि–चन्द्र कलेजको चालिसौँ वार्षिकोत्सवमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरेका थिए ।
जहाँ उनी पहिलो पटक तबलाबादकका रुपमा प्रस्तुत भएका थिए ।

त्यसैगरि सांगीतिक आकाशमा उड्ने क्रममा उनले अब भने गायनलाई पनि सँगसगै लाने विचार गरि आफ्नो स्वर परिक्षण गर्न थाले । जसमा विशेष साथ दिने ब्यक्ति थिए, उनका नजिकको साथीहरु मणिकरत्न स्थापित तथा प्रेमध्वज प्रधान ।

त्यसपछि नारायणगोपाललाई उनीहरुले गित गाउने अवसर समेत प्रदान गरे ।  उनको जीवनमा ठुलै उपलब्धी हात पर्यो । उनलाई ६ वटा गितहरु एकसाथ रेकर्ड गर्ने मौका मिल्यो ।

जसमा उनको सुरुको गित ‘स्वर्गकी रानी’ त्यसैगरि ‘आँखाको भाका आँखैले’, ‘भो भो मलाई नछेक’, ‘मधुमासमा यो दिल’, ‘विछोडको पिडा’ र ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ आदि गितहरु ।

गितहरुको रचना भने उनकै सहपाठी रत्नसम्शेर थापाले गरेका थिए ।

भारतको कलकोत्तामा रेकर्डेड यी सबै गितहरुले विस्तारै नेपालीलाई पनि नेपालीत्वको आभास दिलाउन थाल्यो । त्यसपछिको केही समयमै उनी एकाएक नेपाली मुलको प्रमुख स्वर भएर देखा परे ।

राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिएको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गितबाट उच्चता दिए ।

त्यसपछिको उनको सफलता भने नेपालको लागि रह्यो ।

मान्छेको आफ्नै खालका विशेषता उनको त्यो बेलाको एक अनौठो बानी, चुरोटमा गाँजा भरेर तान्नुपर्ने हुन्थ्यो । चुरोटमा गाँजा हालेर मज्जाले तान्नु उनको गायन जत्तिकै ठुलो शोख थियो ।

त्यत्ति सम्मकी उनी संगीतपाठशालामा समेत शौचलय जाने निहुँमा बाहिर गएर गाँजा तान्थे । त्यसपछिको केही समयमा उनी संगीत प्रशिक्षणका लागि बरोडा गए । त्यहाँ उनले संगीत राम्रै सिके । तर, त्यो उनको बानीले उनलाई असजिलो पार्यो ।

उनको त्यहीँ बानीले त्यहाँ पुरै संगीत सिक्न असमर्थ रहे ।

त्यसपछि सोही स्थानममै आफ्नो संगीत अध्ययनलाई छोडेर उनी दार्जिलिङ पुगे । उनले त्यहाँ पनि संगीतनै सिके । यो उनको संघर्षले उनलाई अहिले नेपालीको मनमा अमर बनेर बसिरहन सहयोग गरेको छ ।

त्यसपछि भने उनी नेपाली सांगीतिक आकाशमा एक उदाउँदा तारा भएर चम्किए । त्यससँगै उनी नेपालभरि चिनिन थाले ।

भन्न त यो पनि भनिन्छ, की उनले ‘मायाँ गर्नेको चोखो मायाँ पनि देखियो’ गितलाई संगीत, शब्द तथा लय सबै एक घण्टामा बनाएका थिए रे !
त्यसपछिको उनको नेपाली संगीतप्रतीको उनको झुकावले उनलाई ‘स्वर सम्राट’ को संज्ञा दियो ।

त्यसपछि उनी ‘स्वर सम्राट नारायणगोपाल’ को नामले संसारभरि चिनिन थाले ।

यी सफलताहरुपछि भने उनी एकपछि अर्को पुरस्कारहरुबाट सम्मानित हुन थाले ।

जसमा उनले वि. स. २०३३ सालमा सर्वोत्तम संगीतकार पुरस्कार, वि. स. २०२४ सालमा सर्वोत्तम गायक पुरस्कार, वि. स. २०३८ सालमा रत्न रेकर्ड पुरस्कार, वि. स. २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, वि. स. २०४३ सालमा लायन्स अवार्ड, वि. स. २०४४ सालमा छिन्नलता पुरस्कार, वि. स. २०४७ सालमा उर्वशी पुरस्कार तथा वि. स. २०४८ सालमा त्रिशत्तिमट्ट पुरस्कारजस्ता धेरै पुरस्कारबाट उनी सम्मानित बनेका छन् ।

त्यसपछि पनि संगीतमै रमाईरहेका उनी आजकै दिन यो संसारबाट अस्ताएका थिए ।

अब फेरी यस्ता स्वर सम्राटको जन्म होस् ! यो सम्पुर्ण नेपालीको आवाज हो ।

उनका गितहरुले हाम्रो मन–मष्तिस्कमा बनाएको त्यो स्थान सधैं नै यस्तै रहोस् त्यो पनि कामना !

यहीँ उनको गुणहरुले त हामीलाई आज पनि हामीलाई लाग्छ ।

यो सम्झिने मन छ, म बिर्सु कसोरी ?
तिमी नै भनीदेउ एsss जाने निष्ठुरी !
बारम्बार यहीँ दोहोरिन्छ मनमा, यहीँ गुञ्जिन्छ मस्तिष्कमा !

त्यही भएर त हामी सम्झन्छौं त्यो उनको अनुहार, त्यो उनको स्वर, त्यो उनको ब्यक्तित्व, उनी मरेर गए पनि उनी अझै सबैको मनमा अमर बनेर बसिरहेका छन् ।

फेरी जन्मेलान् वा नजन्मेलानन् यस्ता नारायणगोपाल !

प्रतिक्रिया दिनुहोस्