मिस वर्ल्ड श्रृङ्खललाई जिताएर आउँछौ भन्दै चीन उडे श्रृङ्खलाका बाबु आमा



२० मङ्सिर २०७५, काठमाडौँ

अहिले सबैको नजरमा पर्न सफल मिस नेपाल २०१८ श्रृङ्खला खतिवडा मिस वर्ल्डका लागि चीनको सान्यामा छिन् । उनले मिस वर्ल्डका विभिन्न चरणहरु पार  गर्दै फाइनलमा पुग्न सफल भएकी छिन् । नेपाली चेली मिस वर्ल्डमा गएर फाइनलमा पुगेको यो पहिलो रेकर्ड हो । श्रृङ्खलाले सम्पूर्ण नेपालीलाई गर्व महशुस गराएकी छिन् ।

हाल चीनको सान्यामा भैरहेको मिस वर्ल्ड २०१८ यहि डिसेम्बर ९ मा फाइनल हुँदैछ । केहिदिन अगाडि मात्र भएको मल्टिमिडिया अवार्ड र ब्यूटि विथ प्रपोजको अवार्ड जित्दै श्रृङ्खला फाइनलमा पुगेकी हुन् ।

श्रृङ्खलालाई फाइनलमा सपोर्ट गर्नका लागि श्रृङ्खलाका बाबु आमा पनि चीन उडेका छन् । एयरपोर्टमा श्रृङ्खलाका बाबु आमासँग कुरा गर्दा उनीहरुले श्रृङ्खलाई नभएर नेपाललाई जिताएर आउँछौ भन्दै गएका छन् । श्रृङ्खलाका बाबु आमाले छोरीको लागि निकै खुसी भएको बताएका छन् । त्यतिमात्र नभएर  छोरीले हामीलाई मात्र नभएर पुरै नेपाललाई नै गर्व महशुस गराएको कुरा श्रृङ्खलाका बाबु आमाले बताएका छन् । श्रृङ्खलाका बाबु आमा मात्र नभएर अन्य आफन्त र साथीहरु पनि श्रृङ्खलालाई सपोर्ट गर्नका लागि श्रृङ्खलाका बाबु आमासँगै चीन उडेका छन् ।

श्रृङ्ला मिस वर्ल्डमा गएर फाइनलमा पुग्नु साच्चै नै निकै गौरवको कुरा हो । यो भन्दा अगाडि पनि नेपाली चेलीहरु मिस वर्ल्डमा गएका थिए तर कोहिपनि फाइनलमा पुगेका थिएनन् । यसबर्ष श्रृङ्खला अन्य प्रतिस्पर्धीको तुलनामा निकै अब्वल देखिएकी छिन् । त्यसैले पनि यसबर्ष श्रृङ्खलाले मिस वर्ल्डको ताज ल्याउन सक्ने धेरैले अनुमान गरेका छन् । श्रृङ्खलालाई मिस वर्ल्ड फाइनलका लागि धेरै शुभकामना । उनले मिस वर्ल्डको उपाधी जित्छिन् वा जित्दिनन् त्यो भने केहिदिनको पर्खाइपछि नै थाहा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्