बूनपा ११ मा लैङ्गिक हिंसा विषयक कविता प्रतियोगिता सम्पन्न



२० मंसिर २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा लैङ्गिक हिंसा विषयक कविता प्रतियोगिता वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

डा जयन्ती रुपाखेती, विश्व कुमार केसी र शक्ति नेपाल निर्णायक रहेको प्रतियोगितामा प्रथम पुरस्कार अनुश्री चालिसे, द्वितिय सावित्री पोखरेल, तृतिय शुसिल कट्टेल तथा सान्त्वनामा सरिता पुरीले प्राप्त गरेका थिए ।

एकिकृत महिला विकास समितिको संयोजन रहेको प्रतियोगितामा बूनपा ११ भित्र रहेका विभिन्न विद्यालयका छात्र तथा छात्राहरु र वडाकै महिलाहरु १६ जना बीच खुल्ला प्रतिस्पर्धा भएको थियो ।

बूनपा नगर प्रमुख उद्वव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभाध्यक्ष बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले गरेका थिए ।

स्वागत मन्तव्य बूनपा नगर न्यायिक समितिका भगवती निरौला तथा कार्यक्रम सञ्चालन महिला विकास समिति सचिव रेणुका पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्