२१ मङि्सर २०७५, काठमाडौं
गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई हिजो (बिहिबार) सम्पन्न भएको छ । बज्रवाराही मन्दिरको सुन्दर परिसरमा भएको कार्यक्रमले चुवान भएपछि नगरपालिकाले गरेको काम कारबाहीको चर्चा गरिएको थियो ।
नगरपालिकाले प्रतिवेदन निकाली सो विषयहरुको जानकारी गराएको हो । कार्यक्रममा नगरपालिकाले गरेको हालसम्मको विकासको कुरालाई आम जनतासामु अवगत गराउँदै नगरप्रमुख गजेन्द्र महर्जनले अझै यो भन्दा बढि विकासलाई प्राथमिकता दिने बताए । त्यस्तै अझै गर्न धेरै बाँकी रहेको पनि उनले बताएका थिए ।
त्यस्तै कार्यक्रममा अतिथी बक्ताका रुपमा उपस्थिती जनाएका सांसद चेतनाथ संञ्जेलले पनि आफुले सो नगरपालिकाको लाग जत्ति सक्दो केन्द्रीय स्तरबाट पहल गर्ने बताएका थिए । साथै नगरपालिकाले पनि अहिलेसम्म आम नागरिकहरुको समस्यालाई ध्यानमा राखेर काम गरेको जनाईएको छ ।
जसमा स्वास्थ्य, शिक्षा, यातायतको सुविधा, उद्योग व्यवसायलाई विशेष प्राथमिकताका साथ काम भएको प्रतिवेदनमा उल्लेखित थियो ।