२१ मंसिर २०७५, काठमाडौं
सरकारले भर्खरै लागू गरेको योगदानमा आधारित ‘सामाजिक सुरक्षा कार्यक्रम’ मा १९६ वटा उद्योग सामेल हुने भएका छन् । त्यसैगरि कार्यक्रममा १९४ जना रोजगारदाता पनि सामेल हुने जनाईएको छ ।
सामाजिनक सुरक्षा कोषले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । सो तथ्यांक मंसिर २० सम्मको हो । कार्यक्रममा सामेल हुनका लागि गत मंसिर ०६ बाट आवेदन खुला गरिएकोे थियो । कोषले ३ महिनाभित्र संस्थामा कार्यरत सबै कर्मचारीलाई सूचीकरण गरिसक्नु पर्ने प्रावधान रहेको पनि उल्लेख गरेको छ ।
कोषमा रोजगारदाताको २० प्रतिशत, श्रमिकको ११ प्रतिशत गरि ३१ प्रतिशत योगदान रहने छ ।