दलित महिला भएर पनि अन्तर्राष्ट्रिय स्तरको स्कूल स्थापना गर्न सफल राजन विश्वकर्मा



२१ मङ्सिर २०७५, काठमाडौं

राजन विकको जन्म खोटाङ जिल्लाको काहूले गा.वि स मा पिता गङगा बहादूर विश्वकर्मा र माता पम्फा विश्वकर्माको कोखबाट २०२५ सालमा  भएको हो ।  २०५० सालमा उहाँ काठमाण्डौ आउनू भएको थियो ।

बूढानीलकण्ठ वडा नं. ८ भंगाल सुन्दरबस्तीमा रहेको डेभिड राजन मेमोरियाल इङ्गलिस स्कूल स्थापना गर्नु भएको छ । राजन विश्वकर्माले कुनै स्कूलको ढोका नटेकेपनि १० वर्ष अगाडि स्थापना गर्नुभएको स्कूलबाट असाहय, द्वन्दपिडित मजदुरका तथा धनी गरिबका छोराछोरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिईरहेका छन् ।

यस स्कूलमा वहाँले २२ जना पढेलेखेका शिक्षकहरुलाई रोजगारी दिन सफल हुनुभएको छ । वहाँको स्कूल नेपालमा मात्र होईन अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा छ । ६३ जिल्लाका १४५ जना वालवालिकालाई गाँस, बास, कपास दिएर संसारका विभिन्न देशका कुनामा पुर्याउन सफल हुनुभएको छ ।

यतिधेरै काम गरेपनि राजन विश्वकर्माले हामीलाई भन्नुभयो, ‘मैले गरेको कामको मूल्याङ्कन छैन, उपल्लो, माथिल्लो जातको भएको भए म पनि अरुजस्तै चर्चित र मैले गरेको कामको मूल्याङ्कन हुन्थ्यो होला तर आज दलित महिला भएकै कारणले मेरो काम ओझेलमा परेको छ ।’

जिवनमा उहाँले कहिल्यै पनि पढ्न पाउनू भएन तर उहाँ पढ्न लेख्न् अङग्रेजि बोल्न सक्नु हून्छ । उहाँ सँग विश्व आचार्यले गर्नू भएको कूराकानि सार संक्षेप प्रस्तूत गरिएको छ ।

विश्व आचार्य : तपाईको पारिवारिक पृष्ठभूमी के हो ?

राजन विक : मेरो पारिवारिक पृष्ठभूमी सामान्य खेती किसानी नै हो । राजनितीक हिसावले हाम्रो परिवार काङग्रेस हो । बुबाले राजनिती गर्न खोज्दा धेरै यातना पाउनु भयो ।

 विश्व आचार्य : काठमाण्डौ कहिले प्रवेश गर्नु भयो ? काठमाण्डौ आएर के काममा व्यस्त रहनु भयो ?

राजन विक : म २०५० सालमा काठमाण्डौ आएकी थीए । मैले सुरुमा पासाङ ल्हामु शेर्पाको अफिस भर्रखर खुलेको थियो । मालीको काम गरे, फूलमा पानी हाल्ने, फूलको बगैँचाको हेर विचार गर्ने काम गरे म ७ दिन जती चाही टेकु पार्टी अफिस जान्थे । मलाई पार्टी नभई नहुने राजनिती मलाई मन पर्ने विषय वस्त हो । त्यसपछी मैले संसद सचिवालयमा जागिर खाए । त्यतिखेर मैले किसुनजीसंग म यस्तो हो भने उहाँले मलाई भन्नु भयो तपाईँलाई अली अली ज्ञान चाहिन्छ । संसंद सचिवालयमा मैले –१८ महिना जती काम गरे । मलाई त्यहाँ हुने राजनैतिक चलखेलहरु राम्रो सगं थाहा छ । त्यसवेला मैले १७ रुपैया पर्ने वर्णमाला किताब ल्याएर पढे । म जसको घरमा बस्थे । एउटा दिपु थापा भन्ने थियो । उसलाई सिकाई मागे तर मैले एक रात पढेको भरमा े भोली पल्ट देखी पत्रिका पढ्न थाले , संसंद सचिवालयका १८ महिना काम गरेपछि मैले जागिर छाडी दिए ।

विश्व आचार्य : संसद सचिवालयमा १८ महिनामै किन छाड्नु भयो  नी ?

राजन विक : म यो देशमा लिडर बनेर देखाउनु पर्छ यहाँ बसेर मात्र हुदैन,मैले केही गर्नु पर्छ भन्ने लाग्यो । संसंद सचिवालयमा मैले  विहान ९ वजे देखि ५ वजे सम्म नमस्कार गर्नु पर्दो रहेछ । मैले जुन सरलाई नमस्कार गरे एक महिना सम्म एकहजार चोटी त्यसवेला मैले महशुष गरेकी थिए म किन यसरी दासी बन्छु । सधैँ मैले यसरी नमस्कार गरि राख्ने उनीहरु मेरा को हुन मैले यो के सिक्दै छु भन्ने लाग्यो । त्यही एउटा पीडा भयो । मैले काम गर्न ठाउँमा तीन जना थियौ एकजना उपसचिव, अधिकृत र म । एकदिन मैले उपसचिवको टेवलमा फोन आयो र मैले फोन उठाउनु पथ्र्यो । फोन उठाउने क्रममा टेवलमा रहेको पानीका गिलास मैले छुन् पुगेछु । त्यही कारणले त्यसै दिन उहाँले मलाई सरुवा गरिदिनु भएको रहेछ , म लाइव्रेरीमा काम गर्न पुगेँ । लाईव्रेरीमा एक दिनमा एक दुई जना मात्र मान्छे आउँदा रहेछन् । मलाई लाईव्रेरीमा एक्लै काम गर्न अप्ठयारो महशुष भयो । काङग्रेसको कार्यकर्ता हो भन्ने हिसाबले मलाई व्यवहार गरिन्थ्यो । यो काङग्रेसको मान्छे भन्थे तर म कुनै कुरामा चित्त नदुखाई नै काम गर्थे । मलाई काम गर्न अप्ठेरो भएपछि म प्रधानमन्त्री कार्यालयको टेवल शाखाको मान्छे म कसरी यहाँ आईपुगे भनेर कुरा गरे । एकजना सरलाई मैले यसरी नै सोधे । उहाँले भन्नु भयो तपाइँले अस्ती फोन उठाउदा सरको टेवलमा भएको पानी छोइदिनु भएको रहेछ त्यही भएर तपाँईलाई यहाँ सरुवा गरिएका हो । त्यसपछि म सिधै हाकिमको कोठामा गएर झगडा गर्न सुरु गरेँ र मैले भने म पनि मान्छे हुँ मलाई मान्छेको जस्तो व्यवहार हुनु पर्दछ । म यस्तो ठाउँमा बसेर मेरो के उन्नती हुन्छ भनेर मैले छाडेको हो । संसंद सचिवालयको जागिर छोडेर मैले जील्ला भ्रमण गर्न सुरु गरे । त्यस पछि मैले  राजनैतिक क्षेत्रमा लामो यात्रा सुरु गरेँ ।

विश्व आचार्य : संसंद सचिवालयको जागिर छाडे पछि  के गर्नु भयो ?

राजन विक : राजनीति संगै आफू बाच्नको लागि मैले फूलमा पानी हाल्ने काम गरे । कृष्ण प्रसाद जोसीको घरमा हप्तामा एक चोटी फूलमा पानी हाल्ने काम गर्न थाले र श्ुसिला थापाको घरमा हप्तामा एक चोटी यसरी मैले हप्तामा दुई दिन फूलमा पानी हाल्ने काम गर्न थाले । दुवै ठाउँबाट तीन तीन हजारका दरले महिनामा ६ हजार त्यस वेलामा मैले त्यती पैसा पाउथे । मेरो कोठा भाडा रु ४००।–सय  मात्र थियो । त्यो सङगै सधै ७ दिन पार्टीको लागि दिन्थे तर त्यसपछि १५ दिन पार्टीलाई दिन थाले । अझै मेरो समय धेरै वाकीँ हुने भयो । मैले घर बनाउने ठाउँमा वालुवा चाल्थेँ मैले एक दिनमा ३०/३५ ड्रम जती वालुवा चाल्थे । यसरी मैले वर्षमा वालुवा चालेर नै २ लाख भन्दा माथी पैसा कमाउथेँ ।

विश्व आचार्य : यती धेरै दु:ख गर्नु भको रैछ पढ्नु पनि भएको थिएन तर विद्यालय स्थापना गर्नु पर्छ भन्ने सोच काहाँबाट आयो ?

राजन विक : वास्तवमा त्यो वेला मैले स्कुल नखोली नहुने अवस्था आयो २०५७/५८ साल तिर नेपालमा थुप्रै घटना घट्न थालेका थिए मान्छेहरु मारिन थालेका थिए । गरी खाने मजदुर लगायत नेपाली जनताले ठुलो सास्ती खेप्नु पर्ने परिस्थिती  सृजना भएको थियो । राज्यप्रती,जनता प्रती दायित्व बहन नगरेका नेताहरुका अगाडि मैले केही गर्नु पर्छ भन्ने लाग्थ्यो । त्यतीखेर  गिरिजा प्रसाद कोइराला जहाँ जानु हुन्थ्यो त्यहाँ म पुग्थे । त्यस्तो समय थियो जहाँ द्धन्द पीडित मानिसहरु रोई रहेका थिए । ति आँसुहरु मैले हेर्न सकिन ती दु:खका क्षणहरु मैले देख्न सकिन । सबैका लागि स्कुल थिए द्धन्द पिडीत मानिसका छोराछोरी पढ्ने वातावरण बनेन्, ती वालवालिकाहरुलाई मैले पढाउनु पर्छ भन्ने दायित्व बोधले मात्र मैले स्कुल खोलेकी हुँ । यसकारण यसमा मेरो कुनै स्वार्थ छैन ।  गिरीजा प्रसाद कोइरालाले मलाई सोध्नु भयो तपाईँ यो काम गर्न सक्नु हुन्छ  मैले भने गिरिजाबाबु म एकपटक प्रयास गर्छु । प्रयास मैले गर्नु पर्छ ।

विश्व आचार्य : स्कुल खोल्ने क्रममा कतिको संघर्ष गर्नु पर्याे ?

राजन विक : धेरै सङघर्ष गर्नु पर्याे । द्धन्द पीडीत बालबालिकालाई पढाउने क्रममा सुरुमा म संग आफ्नै स्कुलहरु थिएन । विद्यार्थीहरुलाई पढाउन अर्कैको स्कुलहरुमा लानु पथ्र्यो । बच्चाहरुको फि तिर्न नसकेर मैले स्कुलहरुमा थुप्रै भनाईहरु खाएको थिए । त्यसपछि मैले आफैले स्कुल किने , ठुलाठुला  सरकारी स्कुलहरुमा पढाउने सर मिसका छोराछोरीहरु वोर्डिङ स्कुलमा पढछन् । द्धन्द पीडीत बालबालिकाको छोराछोरीलाई चै किन सरकारी स्कुलमा पढाउने  भन्ने कुराले मलाई छोयो यसकारण पनि मैले आफैले वोर्डिङ स्कुल खोल्नु पर्दछ । भन्ने विषयमा लागि परे र सफल भए अहिले मेरो स्कुल चलिरहेको छ ।

कुमारी नाम गरेको स्कुल मैले किनेको छ । अहिले यो स्कुल डेभिड स्कुलको रुपमा नाम परिर्वतन भएको छ । मलाई सबैको सल्लाह सुझाव सहयोग माया ममता मिलेको छ स्कुल सञ्चालन भइरहेको छ । मैले  सबै महिला शिक्षकहरुलाई प्राथमिकतामा राखेर जागिर दिएकी छु ।

विश्व आचार्य : स्कुल सञ्चालन भइरहेको छ ? अहिले कस्ता कस्ता अनुभुतीहरु संगाली राख्नु भएको छ ?

राजन विक : स्कुल त सञ्चालन राम्रै भईरहेको छ तर थुप्रै सङघर्षहरु पहिला पनि गरे अहिले केही न केही अनुभुतीहरु भइरहेको छन् । स्कुल दतर्न गर्न जाँदा त दलित ले स्कुल खोलेर पढाउने त अङग्रेजी बोल्ने भनेर हेलासी गरिएका दिनहरु सम्झदा दु:ख लाग्छ । अहिले पनी केही न केही विभेदहरु भएरहका छन । मैले स्कुल खोले स्टाफहरु नियुक्त गरे तर दु:ख लाग्दो कुरा किन हो स्टाफहरुको स्वरमा पनि म विभेदमा परेको महशुष गर्छु । जुन स्कुलमा काम गर्याे त्यही स्कुलमा काम गर्ने कर्मचारीले त्यही स्कुललाई माथी जान नदिने खेल खेल्न मिल्छ । यस्ता खेल मेरा स्कुलमा भईरहेको छन् । यो दलितको स्कुल हो यहा बच्चा पढाउनु हुदैन भन्ने छनु यहाँ । मेरै विद्यालयमा पढाउने शिक्षकहरुले स्टाफ साथीहरुले नै गरिरहेका कामहरु राजन विश्वकर्मालाई थाहा छैन भन्ने लागेको होला । अभिभावकहरुलाई रोईदिने रातभरी फकाएर हुन्छ  या के भनेर हुन्छ । या दलितको स्कुल भनेर हुन्छ या के भनेर हुन्छ यसको भविश्य छैन भनेर हुन्छ की कसरी हुन्छ यो स्कुललाई माथी जान नदिन विभिन्न दुस्प्रयासहरु हुन्छन् । फेरी मेरो स्कुलमा सबै क्षत्री बाहुनहरु मात्र शिक्षक हुनुहुन्छ । राजन विश्वकर्मा यहाँ शिक्षक छैन यती साह्रो विभेद हुनु भनेको कती ठुलो अन्याय हो । तपाइँहरु जस्तो शिक्षित मान्छेले यसो गर्नु भयो चने के हुन्छ ।  यो विषयमा म सगं उहाँहरुले माफि माग्नु पर्छ भन्ने लाग्छ । म किन यसो भन्दै छु भने म संग थुप्रै सम्पती हुन्थ्यो भने म यो देशका जनतालाई एक रुपैयाँ पैसा नलीकन पढाइदिन्थे । त्यसैले हरेक प्राणिको जुन ठाउँमा त्यो ठाउँको नुनको सोझो इमानदार तरिकाले गर्नु पर्छ म मेरा स्टाफ साथीहरुलाई यही सुझाव सल्लाह दिन चाहान्छु ।

विश्व आचार्य : अहिले सम्म विश्वका कति वटा देशहरु भ्रमण गर्नु भयो  ?

राजन विक : मैले थुप्रै देशहरुको भ्रमण गरेकी छु क्यानडा, जर्मन,अष्ट्रेलिया लगायत थुप्रै देश गएकी छु तर म जहाँ गए पनी मेरो अध्ययनको मुख्य विषय वस्तु युनिर्भसीटी विद्यालयहरुको अध्यन गर्न नै हुन्छ । म आफैमा शिक्षा प्रेमी हो । शिक्षाको पीडित पनी मै हो यसकारण मैले जसरप् पनी सकेको नेपालको शिक्षा क्षेत्रलाई जर्मनीको जस्तै क्यानडा जस्तै व्यवहारिक बनउनु पर्छ भन्ने सोँच बनाईरहेकी छु ।

विश्व आचार्य :  अन्त्यमा एउटा प्रश्न नेपालको राजनिती कस्तो पाउन् भएको छ ?

राजन विक : नेपालको राजनिती गर्नु मन्त्री संसंद हुनु भनेको आफ्ना सन्तानलाई सात पुष्तासम्म सम्पती कमाई दिनु हो भन्ने बुझेको छु । यस्तो राजनिती छ नेपालमा जसले नेपलाी समाजकै लागि भनेर समर्पीत भएका राजनैतिक नेताहरु खासै दख्दिन मैले यसकारण देशलाई माया गर्न समाजका भित्तामा उभिने राष्ट्रका पक्षमा निर्णय गर्ने नेता नेतृत्वहरुको खाँचो छ मलाई यसकारण पनी म तपाइम्हरु मार्फत भन्न चाहान्छु नेपाललाई सुन्दर समृद्ध वनाउन न्यायीक बनायन समतामुलक समाज बनाउन शैक्षिक उन्नतीको लागि समर्पीत हुने नेतृत्व नेताहरु चाहिरहेको छ देशको समृद्धिका लागि सबै जुट्ने राजनिती हुनु पर्दछ् जस्तो लाग्छ मलाई ।

प्रतिक्रिया दिनुहोस्