२२ मंसिर २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको गोल अभियान अन्तर्गत संचालित प्रथम महिला फूटबल प्रतियोगीतामा वडा नं.११ का महिला खेलाडीहरुले ट्रफी चुम्न सफल भएका छन्।
खेलको पहिलो चरणमा बूनपा १० र ११ बीच भएको प्रतिश्पर्धा १–१ गोलको बराबरीमा टुङिएको थियो भने दोश्रो चरणमा वडा १० र १२ बीच भएको प्रतिश्पर्धामा समेत दुवै तर्फबाट १–१ गोल गरि बराबर भएको थियो ।
अङ्कको आधारमा वडा नं १० र ११ बीच भएको फाईनल खेलमा वडा नं ११ का महिला खेलाडीहरुले पेनाल्टी सुटआउटमा प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन।
पेनाल्टी सुट आउटको आधारमा भएको खेलमा वडा नं ११ ले वडा १० लाई ७–६ गोल अन्तरले जितेको थियो ।
विजयी समूहलाई आज ह्यान्डबल चौरमा आयोजित साँस्कृतिक कार्यक्रमको अवसरमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्की र दिपक निरौला, नगर प्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का कावा अध्यक्ष पुरुषोतम नेपाल लगायतले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।