नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब



२३ मंसिर २०७५, काठमाडौं

गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा प्रभावकारीरुपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ ।

समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४÷७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्