मिस वर्ल्डको टप १२ मा टुङ्गियो श्रृङ्खलाको यात्रा



२३ मङ्सिर २०७५, काठमाडौँ

मिस नेपाल २०१८ बनेर मिस वर्ल्डमा गएकी नेपाली चेली श्रृङ्खला खतिवडा विभिन्न चरणहरु पार गर्दै मिस वर्ल्डको फाइनलमा पुग्न  सफल भएकी थिइन् । हिजो अर्थात् डिसेम्बर ८ मा चिनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनल भएको छ ।

उत्कृष्ट २० बाट उत्कृष्ट १२ पुगेकी श्रृङ्खला उत्कृष्ट ५ मा पर्न भने सफल भइनन् । श्रृङ्खलाको मिस वर्ल्डको यात्रा उत्कृष्ट १२ मा टुङ्गिएको छ । तरपनि उनले नेपाललाई निकै गर्व महशुस गराएकी छिन् । किनकी उनीभन्दा अगाडि कोहिपनि नेपाली चेली मिस वर्ल्डका फाइनलमा पुगेका थिएनन् । श्रृङ्खलाले मिस वर्ल्डको दुई ठूला अवार्ड मल्टिमिडिया अवार्ड र ब्यूटि विथ प्रपोज अवार्ड भने जित्न भएकी थिइन् ।

उत्कृष्ट ५ मा परेका ४ सुन्दरीलाई पछि पार्दै म्याक्सिकोकी सुन्दरी बेनेसाले मिस वर्ल्ड २०१८ को ताज जित्न सफल भएकी छिन् । श्रृङ्खलाले मिस वर्ल्डको उपाधी जित्न नसकेपनि ३ करोड नेपालीको मन जितेकी छिन् । उनले फाइनलमा पुगेर विश्वमा नेपाललाई चिनाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्