चलचित्र ‘मारुनी’ मा साम्राज्ञीसँग रोमान्स गर्दै पुष्पल



२३ मङ्सिर २०७५, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सबैभन्दा महंगो अभिनेत्री हुन् । उनले छोटो समयमा नै नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गरिसकेकी छिन् । केहिसमय अघि उनले १५ लाख लिएर एक नयाँ चलचित्र साइन गरेकी थिइन् । उक्त चलचित्रको नाम भने जुरेको थिएन ।

भर्खरै मात्र चलचित्र टिमले चलचित्रको नाम सार्वजनिक गरेको छ । चलचित्रको नाम मारुनी हुने भएको छ । उक्त चलचित्रमा साम्राज्ञीसँग अभिनेता पुष्पल खड्काले रोमान्स गर्दैछन् । चलचित्रमा साम्राज्ञी र पुष्पका साथ एक अर्की अभिनेत्री पनि मुख्य भूमिकामा रहनेछिन् । चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

चलचित्र माघ बाट फ्लोरमा जाने बताइएको छ । चलचित्र मारुनी लाई पुनम गौतमले लगानी गर्दैछिन् । उनले यसअघि चलचित्र अझै पनि चलचित्रमा निर्मात्रीको रुपमा काम गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्