‘आर्थिक विकासका लागि भारतसँग नयाँ तरिकाले सम्बन्ध विस्तार गर्नुपर्छ’



२४ मङ्सिर २०७४,  काठमाडौँ

नेपालका तर्फबाट भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आचार्यले नेपाल भारतको सम्न्ध नयाँ तरिकले सुमधुर गराउने आफ्नो भावी कार्ययोजना रहेको बताए ।

उनले भने नेपाल भारत सम्बन्ध सुमधुर नभएसम्म आर्थिक विकास सम्भव नहुने बताउँदै आथिर्ककरुपमा नेपालसँगको सम्बन्ध सुमधुर बनाउन भारतसँगको सम्बन्ध विस्तार नयाँ तरिकाबाट गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘भारतको आशंका चिर्न नसके अन्य बाटो खुल्दैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्