२४ मङ्सिर २०७५, काठमाडौँ
नेपाल चर्चित डान्सिङ रियालिटि शो बुगी वुगीकी विजेता कविता नेपाली अहिलेकी चर्चित र व्यस्त मोडल बनिसकेकी छन् । कविताले नाम चलेका अभिनेताहरुसँग काम गरिसकेकी छिन् । भर्खरै मात्र उनको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पुष्कर पन्तको शब्द र शंकर थापको संगीत रहेको हे गोरी बोलको गीतमा प्रराज पौडेल र सुजता बर्माको आवाज रहेको छ । गीतमा कविता र पुष्कलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई चर्चित कोरियोग्राफर प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन् ।