सिएस नेपालद्वारा बूनपामा दीप प्रज्वलन



२४ मंसिर २०७५, काठमाडौँ

सिएस नेपालले बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ह्याण्डबल ग्राउण्ड आकाशेधारामा मानव अधिकार दिवसको सन्दर्भमा दीप प्रज्वलन आयोजना गरेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज अन्तिम दिन मानव अधिकार दिवसको अवसर पारेर बूनपा नगर उपप्रमुख रमादेवी राईले दीप प्रज्वलन गरि कार्यक्रमको समापन गरिन् ।

कार्यक्रममा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का कार्यवहाक अध्यक्ष पुरुषोतम नेपाल, न्यायिक समिति सदस्य भगवती निरौंला, विभिन्न वडाका वडा सदस्यहरु, कपन प्रहरी प्रभाग प्रमुख मीन बहादुर कुँवर, समाजसेवी शान्तिराम ढंगाना, सिएस नेपालका अध्यक्ष येशु लामा, जीवन राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्