२४ मंसिर २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज अन्तिम दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बासबारीको किङ्स क्याफेमा समापन भएको छ ।
नगर कार्यपालिका सदस्य सुनिता त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख उद्धव खरेलको प्रमुख आतिथि तथा अतिथिहरुमा प्रशासकिय अधिकृत प्रदिप पौडेल, महानगरिय प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईँ, गैर सरकारी संस्था महासंघ समन्वय साखा बूनपा संयोजक प्रदिप डंगोल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नगर प्रमुख खरेलले मानिसको चेतना र आर्थिक समृद्धिले हिंसा न्युनिकरण हुने बताए । लैङ्गिक हिंसा विरुद्धको अभियान जीवनभर चलिरहने भन्दै यस १६ दिने अभियानले हिंसा न्युनिकरणमा सहयोग पुर्याउने अपेक्षा रहेको खरेलले बताएका थिए ।
प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरीक्षक प्रसाईँले बितेको वर्षमा ८०२ वटा उजुरी परेको बताउँदै अधिकांस उजुरीहरु महिला तथा बालबालिकाको रहेको बताएका थिए ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बूनपाले विभिन्न वडाहरुमा २२ वटा कार्यक्रमहरु गरेको बताईएको थियो ।