आफूलाई क्यान्सर रोग लागेबारे यसो भन्छन् साहिद



२५ मङ्सिर २०७५, काठमाडौँ

साहिद कपुर  बलिउडका निकै चर्चित अभिनेता हुन् । उनी अहिले चलचित्रमा त्यति देखिएका छैनन् । तर केहि न केहि कारणले उनी मिडियामा भने आइरहन्छन् । हाल सामाजिक सञ्जालमा साहिद कपुरको एक कुरा निकै भाइरल भैरहेको छ । उनलाई क्यान्सर रोग लागेको भन्दै अहिले सामाजिक सञ्जालमा कुरा फैलिरहेको छ ।

साहिदले यस विषयमा मुख खोलेका छन् । उनले आफ्ना फ्यानहरुलाई आफ्नो ट्युटर अकान्ट मार्फत् आफू एकदम ठिक भएको र क्यान्सर लागेको कुरा गलत भएको बताए । साच्चै नै यो कुरा सुनेर साहिदका फ्यानहरु निकै दुखी भएका थिए तर साहिदले साचो कुरा बताएपछि साहिदका फ्यानहरु खुसी भएका छन् । अहिले सामाजिक सञ्जालमा नभएका र अनावश्यक कुराहरु पनि आउने गर्छन् । त्यस्ता कुरामा विश्वास नगर्न साहिदले आफ्ना फ्यानलाई आग्रह पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्