२८ मङ्सिर २०७५, काठमाडौँ
रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई दुई सय दुई केजीको माला लगाएर सम्मान गरिएको छ ।
कटहरिया बजारमा नेकपाले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई दुई सय दुई केजीको मालाले स्वागत गरेका हुन् ।
रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको स्थलगत निरीक्षण गर्न मन्त्री पुन त्यहाँ पुगेका थिए ।
कार्यक्रममा नेकपाका प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदिको मात्रै नभइ अन्य श्रोत बाट पनि सिँचाइको व्यवस्थापन गर्न मन्त्री पुन सित आग्रह गरेका थिए ।