२९ मङ्सिर २०७५, काठमाडौँ
साईपाल एकेडेमी र बूढानीलकण्ठ स्कूलबीच भएको ‘साईपाल कप सेभेन ए साईड’ फूटबल प्रतियोगिताको उपाधी बूढानीलकण्ठ स्कूलले हात पार्न सफल भएको छ ।
कपन ह्याण्डबलमा भएको उक्त खेलमा बूढानीलकण्ठ स्कूलका हेमन्त गुरुङ्गले खेलको अन्तिम मिनेटमा गरेको गोलनै उपाधीका लागि पर्याप्त रह्यो ।
विजयी खेलाडी तथा टीमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष जीतजङ्ग बस्नेत, बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, जिल्ला खेलकुद विकास उपाध्यक्ष बद्रि भट्टराई, स्थानीय समाजसेवी तथा नेकपाका नेता मिठाराम अधिकारी, तरुणदल बूनपाका नगर सभापति राजुविक्रम थापा, अधिवक्ता विश्वनाथ दाहाल, समाजसेवी डा तेज रोर्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
विजयी बूढानीलकण्ठ स्कुलले उपाधी सहित नगद रु २५ हजार र दोश्रो साईपाल एकेडेमीले १५ हजार प्रप्त गरेको थियो ।
प्रतियोगिताको समापन समारोहको सभापतित्व साईपालका प्रधानाध्यापक सुमन नगरकोटी, संयोजकको रुपमा हरी महर्जन थिए भने कार्यक्रमको संचालन सिर्जना अधिकारीले गरेकी थिईन् ।