०१ पुष २०७५, काठमाडौँ
यो बर्षको प्रतिक्षित चलचित्र २.० केहिसमय अघि प्रदर्शनमा आएको थियो । निकै महंगो लगानीमा बनेको चलचित्रले कमाई पनि त्यति अनुरुप गरिरहेको छ । चलचित्र २.० भारतकै अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र भएको बताइएको छ ।
चलचित्र २.० ले विश्वव्यापी रुपमा निकै अचम्मित तरिकाले कमाई गरिरहेको छ । प्रदर्शनको पहिलो हप्ता चलचित्रले वर्ल्डवाइड रुपमा ५ सय ग्रस कलेक्सन गरेको थियो । चलचित्रले अहिले प्रदर्शनको दोस्रो हप्ता पुरा हुँदा वर्ल्डवाइड रुपमा ७ सय बढी कलेक्सन गरेको छ ।
चलचित्र २.० हेर्ने अधिकांश दर्शकले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरेका छन् । विशेषगरी चलचित्रमा अक्षय कुमार र रजनी कान्तको भूमिकालाई दर्शकले अत्यन्तै रुचाएका छन् ।