चट्टान साकोसको अध्यक्षमा बद्री भट्टराई



०१ पुष २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको चट्टान साकोसको ९औं साधारणसभाले बद्री भट्टराई (दामोदर) को अध्यक्षमा सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।

साधरणसभाले उपाध्यक्ष शिवलोचन पराजुली, सचिव कृष्ण नेपाल, कोषाध्यक्ष राजु विक्रम थापा, सदस्हरुमा रिता रिसाल, तेज रोक्का र गौरी तामाङ्ग सहित ७ जनालाई सर्वसम्मत चयन गरेको हो ।

साधारणसभाले संस्थाको सल्लाहकार शम्भु भट्टराई तथा कानुनी सल्लाहकारमा विश्वनाथ दाहाललाई र लेखा परिक्षण समितिमा अर्जुन प्रसाद खतिवडा चयन भएका छन् ।

बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता अर्जुन खतिवडाले गरेका थिए । संस्थाका नवनिर्वाचित अध्यक्ष भट्टराईले सानो सहकारी तर सुरक्षित र सफल सहकारी का रुपमा रहेको चट्टान लाइ सोहि परिचयले स्थापित गराउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्